मोहन मैनाली
विज्ञानका
कक्षामा मिडिया (सञ्चारको माध्यम) बारे पढाउने एउटा रोचक तरिका छ । शिक्षकले
घन्टीलाई टेबलमा राखेर सिसाको भाँडोले छोपिदिन्छन् । सिसाको भाँडो र टेबल जोडिएको
ठाउँबाट हावा आउनजान नसकोस भनेर त्यहाँ मैन लगाइदिन्छन् । त्यसपछि घन्टीको स्वीच
थिच्छन् र विद्यार्थीलाई सोध्छन्ः यो घण्टी बजेको छ कि छैन ?
यसले विद्यार्थीलाई अलमल्याउँछ । घन्टी बजेको छैन भनौँ भने थर्किएको प्रष्ट देखिन्छ सिसा बाहिरबाटै । नबजिकन थर्किने कुरा भएन । बजेको छ भनौँ भने आवाज सुनिएको हुँदैन ।
त्यसपछि शिक्षकले यस्तै कुरा भन्छन्— घन्टी बजेको छ तर त्यस वरिपरि बस्ने मानिसले घन्टी बजेको सुन्दैनन् । घन्टी र मानिसका बीच हावाले मिडिया (सञ्चार माध्यम) को काम गर्छ तर यहाँ त्यो हावा आउन जान नसक्ने बनाएकाले घन्टी बजे पनि बजेजस्तो नसुनिएको हो ।
त्यसपछि उनले सिसा र टेबलको जोड्नीबाट मैन हटाएर हावा आउनजान सक्ने बनाउँछन् र स्वीच थिच्छन् । यसपटक घन्टी बजेको सुनिन्छ ।
यस उदाहरणलाई पत्रकारिता अर्थात् मिडियाका प्रसंगमा पनि उपयोग गर्न सकिन्छ । जहाँ मिडिया हुँदैन् त्यहाँ पनि काम त भइरहेको हुन्छ तर त्यसबारे मानिसलाई थाहा हुँदैन । त्यसैले, हामीले गर्वसँग भन्न सक्छौँ— हामीले महत्वपूर्ण काम गरेका छौँ ।
प्रश्न उठ्न सक्छ— समाजका सबै मानिसले, सधैँभरि गरेका सबै कामलाई मिडियाले सबै मानिससम्म पुर्याउँछ ? यो त नसकिने काम हो । नेपालबाट निस्कने कुनै दैनिक पत्रिकाले नेपाल सीमाभित्र बसेका सबै नेपाली र सबै विदेशीले बितेका २४ घण्टामा गरेका सबै काम छाप्ने हो भने त्यो पत्रिका कति पेजको हुँदो हो !
यसले विद्यार्थीलाई अलमल्याउँछ । घन्टी बजेको छैन भनौँ भने थर्किएको प्रष्ट देखिन्छ सिसा बाहिरबाटै । नबजिकन थर्किने कुरा भएन । बजेको छ भनौँ भने आवाज सुनिएको हुँदैन ।
त्यसपछि शिक्षकले यस्तै कुरा भन्छन्— घन्टी बजेको छ तर त्यस वरिपरि बस्ने मानिसले घन्टी बजेको सुन्दैनन् । घन्टी र मानिसका बीच हावाले मिडिया (सञ्चार माध्यम) को काम गर्छ तर यहाँ त्यो हावा आउन जान नसक्ने बनाएकाले घन्टी बजे पनि बजेजस्तो नसुनिएको हो ।
त्यसपछि उनले सिसा र टेबलको जोड्नीबाट मैन हटाएर हावा आउनजान सक्ने बनाउँछन् र स्वीच थिच्छन् । यसपटक घन्टी बजेको सुनिन्छ ।
यस उदाहरणलाई पत्रकारिता अर्थात् मिडियाका प्रसंगमा पनि उपयोग गर्न सकिन्छ । जहाँ मिडिया हुँदैन् त्यहाँ पनि काम त भइरहेको हुन्छ तर त्यसबारे मानिसलाई थाहा हुँदैन । त्यसैले, हामीले गर्वसँग भन्न सक्छौँ— हामीले महत्वपूर्ण काम गरेका छौँ ।
प्रश्न उठ्न सक्छ— समाजका सबै मानिसले, सधैँभरि गरेका सबै कामलाई मिडियाले सबै मानिससम्म पुर्याउँछ ? यो त नसकिने काम हो । नेपालबाट निस्कने कुनै दैनिक पत्रिकाले नेपाल सीमाभित्र बसेका सबै नेपाली र सबै विदेशीले बितेका २४ घण्टामा गरेका सबै काम छाप्ने हो भने त्यो पत्रिका कति पेजको हुँदो हो !
अर्थात् आमसञ्चारका माध्यमले सबै मानिसले गरेका सबै कामबारे बताउँदैनन् । सञ्चारमाध्यमका कामबारे बुझ्न एक पटक एन इन्ट्रोडक्सन टु मास कम्युनिकेसन्स नामक किताब हेरौँ । त्यहाँ यसो भनिएको छः सार्वजनिक ओहोदामा बसेका मानिसले गरेका राम्रा र नराम्रा कामबारे रिपोर्ट गर्नु, अल्पसंख्यक लगायत सबै मानिसका सुखी जीवन बाँच्न खोज्ने चाहनाको ब्याख्या गर्नु, असामाजिक व्यक्ति र समूह (तोकिएको काम नगर्ने, भ्रष्टाचार गर्ने लगायत) का गलत काममाथि प्रकाश पार्नु, शिक्षा, वातावरण र यातायात प्रणाली सुधार्नका लागि समुदाय, राज्य र देशलाई सहमत गराउनु ।
मिडियाको महत्वबारे त्यहाँ भनिएको छः कुनै कारणले मिडिया नहुने हो भने मानव सभ्यता ध्वस्त हुन्छ ।
मिडियाको परम्परागत धारणाले पनि मिडिया र विकास तथा न्यायोचित समाजका बीचमा गहिरो सम्बन्ध हुन्छ भन्ने देखाएको छ । तर परम्परागत रिपोर्टिङका केही कमजोरी छन् । परम्परागत धारणा अनुसार कुनै कुरा छाप्ने कि नछाप्ने भन्नका लागि अब्याबहारिक मापदण्ड अपनाइन्छ । जस्तै, समाचार हुनका लागि घटना ताजा हुनुपर्छ ।
यस मापदण्ड अनुसार कुनै रिपोर्टरले गरीवी, गर्भवती हुँदा महिला मर्ने अवस्था, बोक्सीका नाममा दुब्र्यबहार गर्ने चलन, महिला बलात्कुत हुँदा समाज चूप लागेर बस्ने चलन, विकासका कामबाट निश्चित मानिसले मात्र लाभ लिने चलनका बारेमा रिपोर्टिङ गर्ने कि नगर्ने भन्नका लाािग उसले आपैmँलाई सोध्नुपर्छ यो घटना ताजा हो कि होइन ?
माथिका कुरा ताजा हुने कुरै भएन । त्यसैले यिनलाई छाडिदिउँ भन्नुपर्छ ।
पत्रकारिताका परम्परागत धारणाका यिनै कमजोरी हटाउन तेस्रो विश्वमा विकास पत्रकारिताको अवधारणा आयो । यसले सञ्चार माध्यमले माथि भनिएका कामबाहेक थप काम पनि गर्नुपर्छ भन्यो । यो सिद्धान्त अनुसार पत्रकारले निम्न सन्देश छर्नुपर्छः आज हामीले गरेका कामले हाम्रो भविष्य निर्धारण गर्छ, विकास अरुले गरिदिँदैन, विदेशीले त झन् गरिदिँदैन, विकास आफैले गर्नुपर्छ । अर्थात् आफ्नो भाग्य आफै बनाउनुपर्छ ।
नेपालका गाउँका लागि चाहिने पूर्वाधारमा अहिलेसम्म १ खर्ब ९० अर्ब लगानी भइसकेको छ रे ! तर तिनको हालको वास्तविक मूल्य रु. १५ अर्ब हुन्छ रे । बाँकी लगानी बेकार भयो रे ।
यस तथ्यको सहारा लिएर हामीले खेर गइरहेको लगानी र विकासको यस्तो काम नलाग्ने अवधारणा विरुद्ध जनमत तयार गर्न पो सक्छौँ कि ?
विकास पत्रकारिताले विकासका निम्न प्रक्रियाबारे पनि बताइदिनुपर्छ भन्छः नयाँ परियोजना र प्रकृयामा संलग्न मानिस, परिवर्तनको प्रकृया, नयाँ उत्पादन, नयाँ प्रविधि, नयाँ तरिका, नयाँ उपाय जो हाम्रा लागि लाभदायक छन् ।
विकास पत्रकारिता भनेको सामाजिक तथा आर्थिक विषयको रिपोर्टिंङ पनि हो । यसले निम्न प्रश्नका उत्तर पनि दिनुपर्छः सामाजिक आर्थिक संरचना किन परिवर्तन हुनुपर्छ ? यी संरचना कतिबेला परिवर्तन हुन्छन् ? कहाँ र कसरी परिवर्तन हुनुपर्छ ? यिनलाई कसले परिवर्तन गर्छ, गर्नुपर्छ ?
सामान्यतया, विकास पत्रकारिता भनेपछि गाउँका कुरा उठाउने भन्ने चलन छ । गाउँ नै गाउँ भएको ठाउँमा त यो कुरा ठीकै होला तर जुन ठाउँमा शहर पनि छ त्यहाँ विकास पत्रकारिताले शहरका विषय पनि समेट्नुपर्छ । ठूलो हल्लाखल्ला नभएका तर ठूलो समस्या बनेका शहरी विषयमा पनि रिपोर्टिङ गर्नुपर्छ ।
कुनै ठाउँका बारेमा रिपोर्टिङ गर्दा हामीले निम्न प्रश्न सोध्नुपर्छः यस ठाउँमा के कस्ता स्रोत साधन छन् ? तिनको उपयोग कसरी गरिएको छ ? ती स्रोत साधनको उपयोगबाट कसले लाभ लिइरहेका छन् ? यस ठाउँका मानिससँग के कस्ता सीप छन् ? यस ठाउँमा के कस्ता भौतिक तथा सामाजिक संरचना छन् ? यस ठाउँका मानिसले चाहेका मुख्य कुरा के हुन् ? यस ठाउँमा विकासका के कस्ता गतिविधि भइरहेका छन् ? तिनबाट कसले बढी लाभ लिएका छन् ? तिनबाट कसले कम लाभ पाएका छन् ? कसैले बढी र कसैले कम लाभ पाउने अवस्था कसरी आयो ? तिनबाट कसलाई हानी पुगेको छ ?
विकास पत्रकारिता गर्दा हामीले समाजका अन्य पक्षबारे पनि बुझ्नुपर्छ । ती यस प्रकार छन्ः
यस ठाउँमा विकासका लाभ लिने मामलामा सबै भन्दा पछाडि परेका समुदाय कुन हुन् ? उनीहरु किन पछाडि परेका हुन् ? उनीहरुलाई विकासका कामबाट लाभ लिन सक्ने बनाउन के गर्नुपर्छ ?
विकास पत्रकारिताको अवधारणा विकासोन्मुख देशका तानाशाहहरुले पत्रकारलाई राजनीतिबाहेकका विषयमा अलमल्याउन ल्याएका हुन् भनी आलोचना गरिन्छ । तर विकास पत्रकारिता गर्दा राजनीतिक विषय पनि परिहाल्छ किनभने विकास राजनीतिसँग सोझै जोडिने गर्छ । विकास पत्रकारिता भनेको भएका विकासको मात्र रिपोर्टिङ होइन, नभएका तर हुनुपर्ने विकासको रिपोर्टिङ पनि हो ।
विकास पत्रकारिता भनेको भ्रष्टाचारको रिपोर्टिङ पनि हो । विकासका लागि छुट्याइएको पैसा कुन बाटोबाट कसकहाँ पुग्यो, विकासका कामले पुर्याउनु पर्ने फाइदा कसकहाँ पुग्यो भन्ने जस्ता कुराको रिपोर्टिङ पनि विकास पत्रकारिताभित्र पर्छ ।
विकास पत्रकारिता र परम्परागत पत्रकारिताका बीचमा एउटा भिन्नता छ । त्यो होः परम्परागत पत्रकारिताले सामान्यतया समाजमा भएका नराम्रा कुराको रिपोर्टिङ गर्नमा बढी ध्यान दिन्छ तर विकास पत्रकारिताले राम्रा काम अर्थात् सकारात्मक कुरा पनि रिपोर्टिङ गर्नुपर्छ भन्छ । यसो गर्नु भनेको पत्रकारिताले समाजको ऐनाको काम गर्नु पनि हो । समाजमा नराम्रा काम मात्र हुँदैनन्, त्यहाँ भएका राम्रा कामलाई पनि उठाएर पत्रकारिताले अरु मानिसमा जाँगर जगाइदिनसक्छ भनिन्छ ।
नयाँ कुरा जहिल्यै पनि समाचार हुन्छ । सबैले नराम्रा काम गरिरहेका ठाउँमा एकाधले राम्रा काम गरे भने त्यसमा नयाँपन आइहाल्यो । त्यसैले नराम्रै नराम्राका बीचमा भएका राम्रा काम समाचार बन्न झन् बढी योग्य हुन्छन् ।
विकास पत्रकारिताको अर्काे विशेषता के छ भने यो समाचार जस्तो सुनि÷पढि÷हेरिसक्ने बित्तिकै बासी हुँदैन । लेखेको धेरै समयपछि पनि यो उत्तिकै सान्दर्भिक हुन्छ । यस हिसाबले हेर्दा विकास पत्रकारिता गरेर तयार भएका सामग्रीको आयू अलि बढी हुन्छ ।
यस्तो खालको पत्रकारिता गर्नका लागि समाचार मात्र पर्याप्त हुँदैन । यसका लागि फिचर (गहिराइमा पुगेर लेखिने फिचर, खोजमूलक फिचर समेत) जस्ता पत्रकारिताका अन्य विधाको पनि उपयोग गर्नुपर्छ । विकाससँग सम्बन्धित जल्दाबल्दा विषयमा विचार लेख्न सकिन्छ । तिनको विश्लेषण गर्न सकिन्छ ।
यस्तो पत्रकारिता गर्नका लागि सामान्य खालको पत्रकारिता गर्नभन्दा बढी योग्यता चाहिन्छ । हुनतः पत्रकार हुन दुईवटा मात्रै काम गर्न जाने पुग्छ भनिन्छ । ती दुई कुरा हुन्ः
(१) जे विषयमा सामग्री तयार गर्ने हो सो विषयमा पोख्त हुने,
(२) प्रस्तुति कलामा दक्ष हुने ।
पत्रकारितामा एउटा के भ्रम छरिएको छ भने पत्रकारले सबैथोक अलिअलि जान्नुपर्छ, कुनै विषयमा पोख्त भने हुनुपर्दैन । राम्रो पत्रकारिता गर्नका लागि यस भनाइलाई यसरी फेर्नुपर्छः पत्रकारले सबैथोक अलिअलि जान्नुपर्छ, एउटा विषयमा चाहिँ पोख्त हुनुपर्छ । विकास पत्रकारिता गर्न चाहने पत्रकारमा यो गुण हुनु अझ बढी जरुरी छ ।
यसो भन्नुको एउटा कारण हो होला भने कुनै एउटा विषयमा पोख्त हुनका लागि अध्ययन अनुसन्धानका सही तरिका जान्नैपर्छ । यस्तो तरिका जानिसकेपछि तिनै तरिका उपयोग गरेर अरु विषयमा पोख्त हुन पनि सजिलो हुन्छ ।
पत्रकारितामा पैmलिएको अर्काे भ्रम होः पत्रकारिता हतारको साहित्य हो । समाचार ब्रेक गर्ने पत्रकारिताको कामलाई लिएर भनिएको यो कुरा पत्रकारिताका सबै विधा—सम्पादकीय, लेख, फिचर÷डकुमेन्ट्री, विचार, विश्लेषण—मा उपयोग ग¥यो भने बर्बाद हुन्छ । यी विधामा काम गर्दा समाचार ब्रेक गर्दा जस्तो हतार हुँदैन । त्यसैले पत्रकारले आप्mना अडियन्सको मन छुने गरी कसरी प्रस्तुत गर्ने भन्ने तरिका जानेको हुनुपर्छ ।
यो काम पहिलो कामभन्दा अलि कठिन छ । विकास पत्रकारिताका मामलामा झन् कठिन । पत्रकारिताले मानिसलाई दुई खालका कुरा दिनेगर्छः
(१) मानिसका आवश्यकता पूरा गर्न चाहिने जानकारी अर्थात् आप्mनो जीवन सरल, कम जोखिमपूर्ण र सुखी बनाउन मानिसले जान्नै पर्ने जानकारी । यस्ता कुरा जानेन भने मानिसले दुःख पाउँछ । जस्तै, काठमाडौंबाट चितवन हिँड्न खोज्ने मानिसलाई पहिरोले बाटो छेकेको छ भन्ने जानकारी दियो भने उसले बाटोमा पुगेर अलपत्र हुनुपर्दैन् ।
(२) मानिसको खसखस मेटाउने जानकारी । यस्ता जानकारी पाउँदा र नपाउँदा मानिसको जीवनमा खासै असर पर्दैन् । जस्तै, राजेश हमालले बिहे नगरेसम्म उनले कहिले बिहे गर्लान् भनेर हाम्रा सञ्चारमाध्यममा बारम्बार समाचार आउने गर्थे । आम पाठकका लागि यो नभइ नहुने जानकारी होइन । यो कुरा थाहा नपाउँदा उनीहरुले ‘बेलैमा थाहा पाइएन, थाहा पाएको भए कोट सिलाउँथे र जन्ती जान्थेँ’ भनी पछुताउनु पर्दैन् ।
पत्रकारिताको मुख्य काम मानिसलाई नभइ नहुने जानकारी÷विचार÷अवधारणा दिनु हो । खसखस मेट्ने जानकारी दिनु उति महत्वपूर्ण काम होइन् । विकास पत्रकारिताले यस कुरामा अझ जोड दिन्छ । तर हामीलाई के समस्या पर्छ भने अडियन्स नभइ नहुने कुरा जान्नका लागि खसखस मेटाउने कुरा जान्न जति उत्सुक हुँदैन । खसखस मेटाउने जानकारी मान्छेले खोजी खोजी पढ्छ । नभइ नहुने, दुःख पाइने जानकारी कोच्याउनुपर्छ, कोच्याएजस्तो नगरिकन । अर्थात्, यस्ता जानकारीको प्रस्तुति सरल रसिलो हुनुपर्छ ।
यसका लागि, जानकारी खोज्न, अनुसन्धान गर्न, राजनीतिक, आर्थिक, सामाजिक विषयबस्तु र विचारधारा बुभ्mन, योजना र विकासका बारेमा बुभ्mन, नयाँ कुरा खोज्न, पुराना कुरा भए त्यसमा थपिएका कुरा खोज्न पत्रकार सिपालु हुनुपर्छ । प्रस्तुतिलाई जीवन्त बनाउने, बढाईचढाई नगर्ने, सनसनी नपैmलाउने जस्ता कुरामा ध्यान दिनुपर्छ ।
निहुँ विकासको भने पनि पत्रकारिता मान्छेको गर्नुपर्छ । यसो गरेका खण्डमा मानिसलाई रुचिकर सामग्री तयार हुन्छ । भूकम्पको स्टोरी गर्दा त्यसले क्षति पु¥याएका मान्छेको स्टोरी गर्न सकिएला । बाटोको स्टोरी गर्दा कालोपत्रे बाटोको लम्बाइ, बाटो बनाउन लागेको खर्चको मात्र होइन बाटोले फाइदा र बेफाइदा पु¥याएका मानिसको पनि स्टोरी गर्न सकिएला ।
विकास पत्रकारिता किन गर्नुप¥यो भन्ने प्रश्न पनि आउँछ । मेरा विचारमा विकास पत्रकारिता गर्नुका केही कारण छन् । ती यसप्रकार छन्ः यस क्षेत्रमा प्रतिस्पर्धा कम छ । थोरै काम गर्दा पनि धेरै गरेजस्तो देखिन्छ । यस्तो पत्रकारिताले बजार पाउन थालेको छ ।
यो चाँडै बासी हुँदैन । हार्ड न्यूज बनाउनु तोरीको सागको खेती गर्नु जस्तै हो, २४÷२५ दिनमा टिप्न त हुन्छ तर एक पटक टिपिसकेपछि फेरि टिप्न मिल्दैन । विकास पत्रकारिता रायोको साग लगाउनु जस्तो हो, हप्तै पिच्छे टिप्न मिल्छ । हार्ड न्यूज बनाउनु काउली खेती गर्नु हो, एकपटक काटेपछि केही पनि बाँकी रहँदैन्, विकास पत्रकारिता फलपूmल खेती हो । एकपटक लगाएपछि वर्षेनी टिप्न मिल्छ ।
यसले पाठक÷दर्शक÷स्रोता बढाउँछ । विकास पत्रकारिताका माध्यमबाट देशको, समाजको न्यायोचित विकासमा सहयोग गरियो भने साक्षरता बढ्नसक्ला, पत्रपत्रिकाका पढ्ने मान्छे बढ्लान् । मानिसको आम्दानी बढ्यो भने उसले टेलिभिजन किन्ला, हाम्रा समाचार र अन्य सामग्री हेर्ला, मोबाइल फोन किन्ला र हामीले अनलाइन राखेका सामग्री पढ्ला÷सुन्ला÷हेर्ला । हाम्रा पत्रपत्रिका किन्ला । आम मानिसको शैक्षिक, आर्थिक र सामाजिक हैसियत बढेपछि उनीहरुले बजारका विभिन्न आजभन्दा बस्तु किन्लान् । तिनलाई आप्mना सामान बेच्न चाहने उद्योगी÷ब्यापारीले हामी काम गर्ने सञ्चारमाध्यममा विज्ञापन देलान् । अथवा, ‘तिमीले अलिकति पैसा ति¥यौ भने हामी विज्ञापनदाताको होइन तिम्रो÷समग्र समाजको स्वार्थ अनुसारका सामग्री दिनसक्छौँ, अलिकति पैसा तिर’ भन्दा उनीहरु सहमत होलान् ।
त्यस दिन हामीले ‘पिउठले पाउने जति तलब (न्यूनतम पारिश्रमिक) हामीलाई देऊ न’ भनेर माग गर्दा हाम्रा मालिकले ‘यो नाजायज माग पूरा गर्न सक्दैनौँ’ नभन्लान ! अर्थात् विकास पत्रकारिता त निहुँ मात्र होइन खास काम त पत्रकारिताको विकास हो !
(संसदीय मामिला पत्रकार समाजद्वारा प्रकाशित संसदीय पत्रकारिताबाट)
No comments:
Post a Comment